मेरो ब्लग मा पाल्नु हुने सम्पूर्ण साथीहरु लाई स्वागत छ |

Wednesday, December 1, 2010

गजल " यो जिन्दगी "

कति यसरि चल्छ यो जिन्दगी |

एकदिन त अवस्य ढल्छ यो जिन्दगी |



एकनाश हुदैन यो सधै बसन्त झैं

शरद अनि शिशिर सरी बदल्छ यो जिन्दगी |



साथी-भाई, इष्ट-मित्र, आफन्तको साथ रहँदा

कहिले फल्छ अनि कहिले फुल्छ यो जिन्दगी |



टाढा रहँदा सबै बाट, बिरानो ठाऊँमा

बाध्यता को तापमा गल्छ यो जिन्दगी |



देश-परदेश हिमाल-पर्बत जहाँ गए पनि

अन्त्यमा मशानघाटमा जल्छ यो जिन्दगी